प्रदीप ज्ञवालीको प्रश्न – महंगीले जनताको ढाड सेकिदा सरकार किन मौन ? सत्तारुढ दलका नेताहरु किन चुप ?-Sutra News

प्रदीप ज्ञवालीको प्रश्न – महंगीले जनताको ढाड सेकिदा सरकार किन मौन ? सत्तारुढ दलका नेताहरु किन चुप ?

बिहिबार, ५ साउन २०७९

बिहिबार, ५ साउन २०७९

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको बताएका छन् ।



बिहिबार बसेको संसद बैठकमा बोल्दै सांसद ज्ञवालीले सो कुरा गरेका हुन् । उनले सरकारसँग हतियार किन्न पैसा पुगेको तर, मल किन्ने पैसा नपुगेको बताए । उनले मूल्यवृद्धि हुँदा पनि सत्तारुढ दलका नेताहरु पनि मौन बसेको बताए ।

आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् भन्नेमा कसैको ध्यान नगएको उनको भनाई छ । उनले भने – ‘हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा पुग्दैन सभामुख महोदय, अभावबाट जनता आक्रान्त छन् ।’

उनले अब गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिन सुपथ मुल्यका पसल खोल्नुपर्ने बताए । उनले किसानका लागि मल र विद्यार्थीका लागि पाठ्यपुस्तकको समस्या तत्काल समाधान गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट