बम विस्फोट हुँदा छ जनाको मृत्यु, १४ व्यक्ति घाइते-Sutra News

बम विस्फोट हुँदा छ जनाको मृत्यु, १४ व्यक्ति घाइते

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ ।



प्रहरीको गाडी नजिकै भएको विस्पोटमा पाँच प्रहरीसहित छ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विष्फोटक पदार्थ बिछ्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विस्पोट गरिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट