बामदेव गौतम पार्टीबाट आउट-Sutra News

बामदेव गौतम पार्टीबाट आउट

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध रहेका चार राजनीतिक दलहरुले संयोजक बामदेव गौतमलाई निष्कासन गरेको छ ।



उनीमाथि गम्भीर आरोप लगाउंदै सो पार्टीहरुले उनलाई हटाएका हुन् ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको जनाइएको छ ।

वामदेवलाई हटाएर उनका ठानउँमा एकता अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गर्ने निर्णय गरिएको  विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट