बिहान उठेपछि कहिल्यै नखानुहोस् यी १० चिज, पछुताउनुपर्ला !-Sutra News

बिहान उठेपछि कहिल्यै नखानुहोस् यी १० चिज, पछुताउनुपर्ला !

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

दूध चिया



नेपाली समाजमा चियालाई संस्कारको रुपमा लिने गरिन्छ । कुनै नयाँ ठाउँमा गएमा सबैभन्दा पहिले चियाबाट सम्मान गरिन्छ । कतिपयलाई त बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै नहुने लत बसिसकेको हुन्छ । बिहान उठेर चिया नपिए जाँगर त चल्दैन भनेर धेरैले टिप्पणी गर्छन् ।

तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ । यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पुर्याइरहेको छ । चिकित्सकहरुले दूध चिया खाली पेटमा खान नहुने बताएका छन् ।

गोलभेंडा
गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर खाली पेटमा गोलभेंडा खादा त्यसले प्रतिकूल असर गर्छ । फेसमा चमक ल्याउन समेत यसको प्रयोग हुन्छ । खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ ।

परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्नेजस्ता स्वास्थ्य समस्या निम्तिने गरेका छन् । त्यसैले चिकित्सकहरुले गोलभेंडा पनि खाली पेट खान नहुने बताएका छन् ।

चिसो पेय पदार्थ
खाली पेटमा चिसो पेय पदार्थ पनि पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स खाली पेटमा खानु हुँदैन । खाली पेट चिसो पेय पिउने व्यक्तिको पाचन क्रिया नै सुस्त हुन्छ ।

पेय पदार्थमा हुने कार्बोनेट एसिड पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकी हुने, वान्ता हुने, असहज हुने लगायतका स्वास्थ्य समस्या निम्तिने गर्छन् ।

औषधि
खाली पेटमा औषधि खाँदा होसीयार हुनुपर्छ । औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन सक्छ । त्यसैले धेरै प्रकारका औषधि खाना खाएपछि मात्र खानुपर्छ ।
चिकित्सकले एन्टासीडलगायतका सीमित औषधि मात्र खाली पेटमा खानका लागि सुझाब दिन्छन् । अन्य औषधि खाली पेट खाँदा रोग निको हुनुको सट्टामा झन्झन् स्वास्थ्य समस्या बढ्ने देखिन्छ । नयाँ स्वास्थ्य समस्या थपिने गरेको एक अनुसन्धानले देखाएको छ ।

मसालेदार खाना
ब्रेकफास्टमा मसालेदार खाना खानु पनि स्वास्थ्यका लागि घातक मानिन्छ । मसलेदार, स्पाइसीले स्वास्थ्यमा ठूलो समस्या ल्याउँछ । सुरुमै तपाईँले मसालेदार र स्पाइसी खानेकुरा खाँदा एसिडिटीको समस्या निम्तिन्छ ।
यसले पेट पोल्ने, डकार आउने, अल्सर हुने र क्यान्सरसम्म निम्तिन सक्ने विभिन्न प्रतिवेदनले देखाएको छ ।

केरा
खाली पेटमा केरा कहिल्यै खानु हुँदैन । केराले छिटो तौल बढाउन मद्दत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो होइन् ।

केराले हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, डकार आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिने हुन्छ । त्यसैले खाली पेटमा केरा खानु हुँदैन ।

सोडा
खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ ।
पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

सखरखण्ड
सखरखण्डमा प्रशस्त प्रोटिन हुन्छ । खाली पेटमा यसको सेवन राम्रो हुँदैन । सखरखण्डमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ ।
परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुने विभिन्न अध्ययनमा उल्लेख छ ।

रक्सी
रक्सी र रक्सी जन्य खानेकुराहरु खाली पेटमा खानु पनि विष सरह मानिन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको छ । खाली पेटमा घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत भएका विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् ।

चिकित्सकहरुले बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ खान नहुँनेमा जोड दिएका छन् । यसले मानिसलाई मृत्युको मुखमा समेत लैजाने सम्भावना हुन्छ ।

अमिलो फल
खाली पेटमा अमिलो जन्य फल पनि खानु हुँदैन । खाली पेटमा अमिलो फल खाने गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्छ । सुन्तला, कागती, अम्बा, अचार, लप्सीलगायतका फल खाली पेट खानु हुँदैन ।
अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बढाउने काम गर्छ । त्यसैले चिकित्सकहरुले यस्ता फलहरु खाना पछि मात्र खान सुझाव दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट