महेश बस्नेत र भिम उपाध्याय बीच सामाजिक सञ्जालमा जुहारी !-Sutra News

महेश बस्नेत र भिम उपाध्याय बीच सामाजिक सञ्जालमा जुहारी !

आइतबार, १४ जेष्ठ २०८०

आइतबार, १४ जेष्ठ २०८०

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानको आयोजनामा भैरहेका विभिन्न कार्यक्रममा सहभागी हुन् जापान पुगेका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ



शनिबारसाँझ जापानमा आयोजित एक कार्यक्रममा सहभागी पूर्वमन्त्री बस्नेतलाई एमाले समर्थकले नै जुत्ता प्रहार गरेको खबर जापानको उक्त कार्यक्रममै सहभागी एक व्यक्तिले पूर्व सचिव उपाध्यायलाई जानकारी दिएपछि उनले उक्त कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । भलै उक्त कुराको स्वतन्त्र पुष्टि भएको छैन ।

पूर्व सचिव उपाध्यायको पोस्ट देखेपछि आक्रोशित बनेका पूर्वमन्त्री बस्नेतले उपाध्यायले सार्वजनिक गरेको पोस्टको स्कृनसट सहित ‘मानसिक सन्तुलन गुमेको कथित बौद्धिक भनिने अराजकतावादीले भ्रम फैलाएछ’ भन्दै उक्त कुराको प्रतिवाद गरेका हुन् ।

उपाध्यायलाई जवाफ दिंदै पूर्वमन्त्री बस्नेतले ‘तिम्रो तीन पुस्तामा जन्मिएका छैनन् एमाले र यसका नेता कार्यकर्तालाई छुन’ भन्दै उक्त कुराको जवाफ फर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट