म्यान्मारः सैन्य शासनको विरोध गर्नेलाई सेनाले दियो मृत्युदण्ड-Sutra News

म्यान्मारः सैन्य शासनको विरोध गर्नेलाई सेनाले दियो मृत्युदण्ड

सोमबार, ९ साउन २०७९

सोमबार, ९ साउन २०७९

म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको ठानिएको छ।



भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई “आतङ्ककारी गतिविधि” गरेको आरोप लगाइएको थियो ।

जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो।

सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो।

आङ सान सू चीले नेतृत्व गरेको न्याश्नल लीग फर डेमोक्रेसी एनएलडीको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्ष फेब्रुअरीमा सत्ता लिएको थियो। सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो।

घटनाबारे प्रजातन्त्रवादी नेता सू ची निकै मर्माहत भएको एक स्रोतले बीबीसी बर्मेली सेवालाई बताएका छन्। यद्यपि उनले यस विषयमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिने क्रममा उनलाई पक्राउ गरेको थियो।

कूको विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ।

प्रजातन्त्रवादी व्यक्तित्व, सशस्त्र विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू सम्मिलित छाया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई “अत्याचार र हत्याका लागि हत्यारा सैन्य जुन्टालाई सजाय दिन” आग्रह गरेको छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट