याेगेश भट्टराई चढेको गाडीमा कसले गर्‍याे ढुङ्गामुढा ?-Sutra News

याेगेश भट्टराई चढेको गाडीमा कसले गर्‍याे ढुङ्गामुढा ?

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०
yogesh

ताप्लेजुङ । नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमाथि ढुङ्गामुढा भएको छ । आइतबार एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गामुढा भएको हो ।



ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ ।

प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुङ्गा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । ढुङ्गा प्रहारबाट अन्य क्षति भएको छैन ।

यसअघि आजै बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवास अघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट