रवि लामिछाने अनागरिक र राज्यविहिन होइनन्, नागरिकता प्राप्त गर्न योग्य नेपाली नागरिक हुन् – रविन्द्र मिश्र-Sutra News

रवि लामिछाने अनागरिक र राज्यविहिन होइनन्, नागरिकता प्राप्त गर्न योग्य नेपाली नागरिक हुन् – रविन्द्र मिश्र

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं । राप्रपाका नेता रविन्द्र मिश्रले रवि लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक रहेको बताएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत नेता मिश्रले धेरैले लामिछाने अनागरिक र राज्य विहिन भएको टिप्पणी गरेको भन्दै योग्य व्यक्तिहरू नेपालको नागरिक हुने नेपालको संविधानमै लेखिएको बताए ।



शुक्रबार सर्वोच्च अदालतले लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेको थियो । सो फैसलापछि लामिछानेको मन्त्री र सांसद पद खारेज भएको थियो । सोही प्रशंगमा बोल्दै नेता मिश्रले लामिछाने अनागरिक र राज्यविहिन नभएको बताएका हुन् ।

उनले लेखेका छन् – ‘धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको देखियो।नेपालको संविधान, पृष्ठ ४ मा “नेपालको नागरिकता…प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्” लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक/राज्यविहिन होइनन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट