‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर: साम्राज्ञी-निश्चल, कवीर र गरिमाको रोमान्टिक अवतार-Sutra News

‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर: साम्राज्ञी-निश्चल, कवीर र गरिमाको रोमान्टिक अवतार

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मको यस अघि डेब्यू नायक निश्चल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्टिक मुडमा लिपलक रहेको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो ।



यस्तै, फिल्मको दोस्रो पोस्टरमा मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । जसमा साम्राज्ञी र निश्चलसँगै फिल्मका अर्का नायक कवीर खड्का र डेव्यु नायिका गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । निश्चल र गरिमाको यो डेब्यू फिल्म हो ।

निर्देशक घनश्याम लामिछाने निर्देशित यो फिल्म रोम कम ड्रामाको यात्रामय आधुनिक प्रेमकथा रहेको छ । लामिछाने विं.सं. २०७५ सालमा राष्ट्रिय अवार्ड प्राप्त निर्देशक हुन् । उनले यस अघि सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’, ‘धौली’ र ‘चित्रा’ फिल्मको पनि निर्देशन गरेका छन् ।

आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा साम्राज्ञी, निश्चल, कविर र गरिमामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको हो । यस फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले अल नेपाल वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट