विप्लव समूहका दुई नेताको खुमलटारमा प्रचण्डसँग भेट-Sutra News

विप्लव समूहका दुई नेताको खुमलटारमा प्रचण्डसँग भेट

बिहिबार, १ बैशाख २०७९

बिहिबार, १ बैशाख २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । नेकपा सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट गरेका हुन् ।



स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गर्दै विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट वली र बास्तोला प्रचण्डसँग भेट गर्न पुगेका हुन । उनिहरु दुवै निर्वाचनको विपक्षमा रहेका छन् ।

प्रचण्डसँगको भेटबारे बास्तोलाले फेसबुका लेखेका छन्– ‘नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल, लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना ।’

भेटबारे प्रचण्ड पनि बोलेका छन्– ‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु, मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ । सिंगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ ।’

प्रचण्डले नेकपाका मूल नेतृत्वसँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट