विमान दुर्घटना अपडेट : दुर्घटनास्थलबाट ३२ शव निकालियो, शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिदै-Sutra News

विमान दुर्घटना अपडेट : दुर्घटनास्थलबाट ३२ शव निकालियो, शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिदै

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ३६ जनाको शव फेला परिसकेको छ । हालसम्म ३६ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।



दुर्घटनास्थलबाट निकालिएका सबै शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जनाइएको छ ।मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको प्रहरीको भनाई छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार रहेका थिए। अहिले घटनास्थलमा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट