विष्णु रिमाललाई हर्क साम्पाङबाट जन्मदिनको शुभकामना- लाइक र कमेन्टले मोबाइल ह्याङ होस्-Sutra News

विष्णु रिमाललाई हर्क साम्पाङबाट जन्मदिनको शुभकामना- लाइक र कमेन्टले मोबाइल ह्याङ होस्

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

काठमाडौँ- आफूलाई ‘बौलाहा’को संज्ञा दिएका नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्यंग्यात्मक रूपमा जन्मदिनको शुभकामना दिएका छन्।



मेयर साम्पाङले उपमहासचिव रिमाललाई सामाजिक सञ्जालमा लाइक र कमेन्ट सोचेजति आओस् भनेर जन्मदिनको शुभकामना दिएका हुन्।

किनकि यही जेठ १० गते अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा एमाले उपमहासचिव रिमालले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा दैनिक लाइकको संख्या ५० हजारभन्दा बढी पुर्‍याउन सकियो भने पार्टीले स्वतः बहुमत ल्याउने दाबी गर्दै नेता-कार्यकर्ताहरूलाई यसमा सक्रिय हुन आह्वान गरेका थिए।

त्यस क्रममा रिमालले भनेका थिए, ‘…धरानतिरचैँ एउटा बौलाहा टाइपको मेयर छ, है। काम त अब राम्रै गर्‍या होला। धरानबाहिर पपुलर छ, धरानभित्र कति छ, थाहा छैन। उसकोमा ४०/५० हजारले लाइक गर्‍या देख्छु एक घण्टामा मैले..।’

रिमालले यस्तो बोलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने रिसाएर साम्पाङले रिमालविरुद्ध धेरैवटा स्टाटस लेखेका थिए। आलोचना नरोकिँदा रिमाललाई यस विषयमा स्पष्टीकरण दिँदा दिँदा हैरान भएको थियो।

अहिले फेरि साम्पाङले रिमालको जन्मदिनको अवसर पारेर त्यही विषयमा कटाक्ष गरेका हुन्।
‘जन्मदिनको शुभकामना विष्णु रिमालजी, लाइक र कमेन्टले मोबाइल ह्याङ होस्, सोचेजति मान्छेकोमा कन्टेन्टको इङ्गेज पुगोस्। फेरि पनि जन्मदिनको शुभकामना।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट