शेरबहादुर देउवा आफ्नै पार्टीको पदाधिकारी बैठकमा गयल-Sutra News

शेरबहादुर देउवा आफ्नै पार्टीको पदाधिकारी बैठकमा गयल

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

संघीय संसदको आगमी निर्वाचन र भातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।



आज देखी सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखा परेका समस्या देखी मर्जसम्मका बिषयमा छलफल भएको हो ।
प्रवक्ता प्रकाश शरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही बिषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ संस्थाका लागि निवेदन आएका छन, केहीमा समस्यामा देखा परेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने बिषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भए पछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पुर्व पदाधिकारीसहित केही केन्द्रिय सदस्यहरुको पनि उपस्थिीति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट