संयुक्त राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिकको परिवारलाई सहयोग गर्ने आश्वासन-Sutra News

संयुक्त राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिकको परिवारलाई सहयोग गर्ने आश्वासन

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८

संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । होवार्डले बुधबार प्रधानसेनापति शर्माको जंगी अड्डास्थित कार्यकक्षमा भेटघाट गरेका हुन् ।



‘भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेटवार्तामा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पुर्याएका योगदानको प्रशंसा गरेका थिए ।

भेटमा उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने तालिमको अन्तर्राष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्गप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट