सगरमाथा आरोहण गर्दै निर्माता तथा समाजसेवी सुमन-Sutra News

सगरमाथा आरोहण गर्दै निर्माता तथा समाजसेवी सुमन

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौँ-चलचित्र निर्माता सुमन राइ चलचित्र निर्माण संगै समाज सेवामा पनि त्यतिकै अगाडी छन् । बिगत केहि वर्ष देखि निरन्तर रुपमा हृदयको नजिक रहेको परोपकारी संस्था “अनुग्रह ट्रस्ट” मार्फत समाज सेवामा लागेका राइ २०२५ मा सगरमाथा आरोहण गर्ने तयारीमा छन । यसै महिना बाट आरोहण तयारीमा जुटेका उनले भर्खरै सगरमाथा बेश क्यामप सम्मको आरोहण गरेका छन् | आरोहण को मुख्य उदस्य ट्रस्ट मार्फत नेपालको विभिन्न परोपकारी काममा सहयोग गर्ने साथै यस बाहेक सेभ द प्लानेट भन्ने मूल नाराका साथ जलबायु परिबर्तनका लागि विश्वव्यापी सचेत गराउनु हो ।



संस्थाको प्राथमिक लक्ष्यहरूमध्ये शिक्षा र स्वास्थ्य रहेको छ जस्मा कम आय भएका परिवारका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न, शिक्षा गरिबीको चक्र तोड्न र बालबालिकालाई उज्वल भविष्य प्रदान गर्ने, 
बच्चाहरूलाई छात्रवृत्ति, विद्यालय आपूर्तिहरू र अन्य स्रोतहरू उपलब्ध गराउने, स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परीक्षण र आधारभूत स्वास्थ्य सेवामा पहुँच प्रदान गरेर ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधार गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको छ।

शिक्षा र स्वास्थ्य सेवाको अतिरिक्त सफा पानी, सरसफाइ सुविधा, र आश्रयजस्ता आधारभूत सुविधाहरू उपलब्ध गराउनमा पनि केन्द्रित छ । स्थानीय समुदायहरूसँग उनीहरूको आवश्यकताहरू पहिचान गर्न र उनीहरूलाई उनीहरूको जीवनस्तर सुधार गर्न आवश्यक पर्ने स्रोतहरू उपलब्ध गराउन काम गर्ने अनुग्रह ट्रष्टले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट