सरकार अल्पमतमा पर्ने डरले देउवाले नेकपा एसका मन्त्री हटाउन मानेनन्-Sutra News

सरकार अल्पमतमा पर्ने डरले देउवाले नेकपा एसका मन्त्री हटाउन मानेनन्

मंगलबार, २४ जेष्ठ २०७९

मंगलबार, २४ जेष्ठ २०७९

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।



सोमबार शपथ लिनेगरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरे को थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो।

त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरे का थिए। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटघाट गरे र पार्टीका तर्फबाट नयाँ मन्त्रीको नाम दिएका थिए।

तर साँझ एकाएक घटनाक्रम बदलिएको थियो। नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको अवस्थामा दिउँसो अध्यक्ष नेपालले सरकारमा सहभागी सबै मन्त्रीलाई बोलाएर चित्त नदुखाउन र साथीहरूलाई पालो दिन आग्रह गरे का थिए। उनले एमालेबाट सबैजना विद्रोह गरे र आएका कारण सरकारमा जाने अवसर पनि दिन अनुरोध गरे का थिए।

त्यही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको निर्णय मान्ने तर अहिले उपयुक्त समय नभएको बताएका थिए। अध्यक्ष नेपालले यो विषयमा पछि नै समीक्षा गर्ने तर अहिलेलाई पार्टीको निर्णय मान्नुपर्ने दबाब दिएका थिए। दिउँसो आफ्नो पार्टीका नेताहरूलाई सरकारबाट फिर्ता बोलाएका अध्यक्ष नेपालले माओवादी अध्यक्ष दाहाललाई पनि भेट गरे का थिए।

दाहालसँग भेटघाट गर्दा पनि नेपालले पार्टीको निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताएपछि आइतबार साँझ नै मन्त्री आलेले प्रधानमन्त्री देउवालाई भेटेर अहिले नै सरकारबाट हट्नुपर्ने कारण नभएको र त्यसो गरिए पार्टी र सरकार दुवैलाई अप्ठेरो पर्न सक्ने संकेत गरे का थिए। ‘पर्यटनमन्त्री आलेले पार्टी र सरकार दुवैलाई संकट आउने संकेत गरे का कारण हाललाई मन्त्रिमण्डल हेरफेर रोक्ने निर्णय भएको देखिन्छ,’ नेकपा एसका एक नेताले भने।

आले प्रधानमन्त्री निवासबाट फर्केपछि आइतबार राति मन्त्री विरोध खतिवडा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री दाहाल निवास पुगेका थिए। उनीहरूले पार्टी अध्यक्ष नेपाललाई सम्झाइदिन आग्रह गरे का थिए। ‘केही साथीले फेरि पनि दाम्लो चुँडाल्न खोजेको, जसले गर्दा सरकार नै अल्पमतमा पर्ने देखिएको भन्दै अध्यक्ष नेपाललाई सम्झाइदिन आग्रह गरिएको देखिन्छ,’ स्रोतले भन्यो।

नेकपा एसका अर्का एक नेताका अनुसार चार मन्त्री सिंगो पार्टीभन्दा बलिया देखिएका छन्। मन्त्रीहरूले प्रधानमन्त्री र दाहाल दुवैलाई मनाएर पार्टी अध्यक्ष नेपाललाई अप्ठेरामा पारे को उनको भनाइ छ। ‘पार्टीभित्र माधव नेपाललाई अप्ठेरो बनाउने काम भयो। जसरी आइयो त्यसरी नै फिर्ता हुने हो भन्ने खालका धम्कीपूर्ण कुरा पनि सुनियो। केही साथीको बालुवाटार र खुमलटार दौडधुपले पार्टीलाई संकटमा पार्ने काम भयो,’ उनले भने।

उनका अनुसार आलेलगायत केही नेताले प्रधानमन्त्री देउवालाई मनाएर तत्काल मन्त्रिपरिषद पुनर्गठन नगर्ने तहमा पुर्‍याएका थिए। स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रिपरिषद् परिवर्तन गर्ने हल्ला बजारबाट आएको र बजारबाटै सिद्धिएको बताए। ‘बजारमा मन्त्री फेर्ने हल्ला थियो। त्यो हल्ला बजारबाटै हराएको छ,’ उनले भने, ‘यसबारे मलाई जानकारी छैन।’

एमालेबाट विभाजन भएलगत्तै सरकारमा सहभागी भएको नेकपा एसले ६ महिनापछि मन्त्री बदल्ने भनेको थियो। पार्टीले सुरुमा ६ महिनाका लागि भनेर नेताहरूलाई सरकारमा पठाएको थियो। सोहीबमोजिम पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको देखिन्छ। नेकपा एसबाट मन्त्री बनेका खतिवडा, आले, श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका थिए।

आफूहरूले राम्रो काम गरिरहेको दाबी गर्दै उनीहरूले तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताए पनि अध्यक्ष नेपालले तत्कालको आवश्यकतालाई बुझिदिन आग्रह गर्दै आएका थिए। ‘पार्टीले नयाँ मन्त्रीको नाम पठाउन लागेको जानकारी प्रधानमन्त्री देउवालाई समेत गराइसकेपछि बढी चलखेल भयो,’ स्रोतले भन्यो। कार्य सम्पादनभन्दा पार्टीभित्र भाग पुर्‍याउन मन्त्री परिवर्तन गर्ने परिपाटी सुरु गरे को भन्दै पार्टीभित्रै असन्तुष्टि बढे पनि नेताहरूले त्यसलाई भोलिको दिनमा मिलाउने आश्वासन दिएका थिए।

‘कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले समेत मन्त्री आलेको कुरा सुनेर नेकपा एसले मन्त्री परिवर्तन गरे को अवस्थामा जनता समाजवादी पार्टी (जसपा) र कांग्रेसमा पनि समस्या आउने बताउँदै तत्काललाई मन्त्रिपरिषद हेरफेर रोकेको बताइएको छ।

नेकपा एसले राज्यमन्त्री भवानी खापुङबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णयलाई मन्त्रीहरूले नै रोकेका थिए। राज्यमन्त्री खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएका थिए। आलेको स्थानमा अर्थात् पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्रीमा मेटमणि चौधरी र श्रममन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरे को थियो।

हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय भएको थियो। पार्टीले निर्णय गरे पछि मन्त्री बन्ने पक्का भएको भन्दै उनीहरूले बधाईसमेत खाएका थिए। तर सोमबार दिउँसो सत्ता गठबन्धनकै बैठकले तत्काल मन्त्रिपरिषद पुनर्गठन नगर्ने निर्णय गर्‍यो। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

सत्ता गठबन्धन दलहरूबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आगामी कात्तिक–मंसिरमा गर्ने विषयमा छलफल चलिरहेका बेला नेकपा एसले मन्त्री बदल्ने निर्णय लिएपछि उत्पन्न विवादका कारण गठबन्धन दलको बैठक बसेर नै तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गर्नुपरे को जनाइएको छ।  नागरिक दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट