सुनको मूल्य उच्च बिन्दुमा, बन्यो नयाँ रेकर्ड-Sutra News

सुनको मूल्य उच्च बिन्दुमा, बन्यो नयाँ रेकर्ड

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यले सोमबार पुनः रेकर्ड बनाएको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख २१ हजार ६०० रुपैयाँ तोकिएको छ । यो हालसम्मकै उच्च हो । सोमबार छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ कायम भएको छ । आइतबार एक लाख २० हजार २०० रुपैयाँ कायम गरिएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ हजार ५४० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट