८ जीबी र्‍याम भएको ‘रेड्मी नोट १० एस’ नेपाली बजारमा, कति होला मूल्य ?-Sutra News

८ जीबी र्‍याम भएको ‘रेड्मी नोट १० एस’ नेपाली बजारमा, कति होला मूल्य ?

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

साओमीले नेपाली बजारमा ‘रेड्मी नोट १० एस’ को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको नयाँ भेरियन्ट उपलब्ध गराएको हो ।



६.४३ इन्चको फूल एचडी प्लस एमोलेड स्क्रिन भएको यस फोनमा ८० हर्जको टच स्याम्पलिङ रेट छ । यस्तै पाँच हजार एमएएचको ब्याट्री र ३३ वाटको चार्जर पनि छ ।

यसको प्रोसेसरको कुरा गर्दा हेलियो जी९५ चिपसेट छ, जसमा एन्ड्रोइड ११ आधारित एमआईयूआई १२.५ प्रयोग भएको छ ।

क्यामेराको कुरा गर्दा यसमा १३ मेगापिक्सलको सेल्फी शुटर र क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ६४ मेगापिक्सलको प्राइमेरी, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ को डेप्थ सेन्सर छ ।

नोट १० एसमा स्टेरियो स्पिकर र साइड माउन्टेड फिङ्गरप्रिन्ट अथेन्टिकेसन पनि छ ।

नेपाली बजारमा यो भेरियन्ट मूल्य २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट