विप्लवका कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड-Sutra News

विप्लवका कार्यकर्ताद्वारा ललितपुरमा साझा बस तोडफोड

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौँ । ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् ।



बन्दकर्ताहरूले ललितपुरको कुमारीपाटी इटीचोकस्थित महायान पेट्रोलपम्प अगाडि बा५ख ८७५५ नम्बरको बसमा तोडफोड गरेका हुन् ।

प्रहरीका अनुसार बसमा सामान्य क्षति पुगेको छ ।

मंगलबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको हो । त्यस्तै बन्द गर्दै हिँडेका २२ जना कार्यकर्ता काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट