‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी धमाधम पक्राउ-Sutra News

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी धमाधम पक्राउ

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौँ । सिन्धुलीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी गोपाल ब्लोन सहित २६ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।



बन्द गराउंदै हिँडेका उनीहरुलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बन्दका कारण जनजीवन सामान्य रुपमा प्रभावित बनेको । त्यस्तै बन्द गराउंदै हिंड्ने विप्लवका कार्यकर्ताहरु ठाउँठाउँबाट पक्राउ परिरहेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आज विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट