काममा फर्कंदै सर्वोच्चका न्यायाधीश, ६ न्यायाधीशले गरे नियमित सुनुवाई-Sutra News

काममा फर्कंदै सर्वोच्चका न्यायाधीश, ६ न्यायाधीशले गरे नियमित सुनुवाई

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ मध्ये चार न्यायाधीश इजलास फर्किएका छन् ।



न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् ।

श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।

प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ ।

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन् ।

मंगलबार प्रधानन्यायाधीश जबराले अरु न्यायाधीशको समूहबाट अलग भएका न्यायाधीशलाई नै राखेर इजलास गठन गरेपछि उनीहरु काममा फर्किएका हुन् ।

अरु न्यायधिशहरुले पनि गोलाप्रथाबाट इजलास तोकिने भए नियमित काममा फर्कने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट