बजार र निजी सवारीमा देखिएन बन्दको असर-Sutra News

बजार र निजी सवारीमा देखिएन बन्दको असर

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेका छ ।



उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने असर देखिएको छैन । उपत्यकामा सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा सर्वसाधारणहरु भने मर्कामा परेका छन् । उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको बाक्लो तैनाथी रहेपछि प्रदर्शनकारीले बिभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट