स्ट्राइकर नेयमार घाइते, अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने-Sutra News

स्ट्राइकर नेयमार घाइते, अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८
ROSTOV-ON-DON, RUSSIA - JUNE 17: Neymar Jr of Brazil in action during the 2018 FIFA World Cup Russia group E match between Brazil and Switzerland at Rostov Arena on June 17, 2018 in Rostov-on-Don, Russia. (Photo by Shaun Botterill/Getty Images)

काठमाडौं।ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो ।



विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जित निकाले विश्वकपको यात्रा पक्का गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट