बिद्युत खपतका लागि सरकारले बिशेष कार्ययोजना लागू गर्छ- प्रधानमन्त्री देउवा-Sutra News

बिद्युत खपतका लागि सरकारले बिशेष कार्ययोजना लागू गर्छ- प्रधानमन्त्री देउवा

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधनको प्रवद्र्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन सरकारले बिशेष कार्ययोजना बनाएर लागू गर्ने बताएका छन् ।



स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो देशको बिद्युत खपतका लागि सरकारले बिशेष कार्ययोजना बनाएर लागू गर्ने बताएका हुन् । उनले केहि बर्षपछि बिद्युत उत्पादनमा नेपालको नेतृत्वदायी भूमिका हुने समेत बताउनुभयो । प्रधानमन्त्री देउवाले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वाससमेत दिलाए ।

त्यस्तै उनले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा  सरकारले विशेष ध्यान केन्द्रित गरेको उल्लेख गरे ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताए । सोलारमा राज्यको नीतिका बिषयमा छलफल आवश्यक रहेको भन्दै उहाले बिद्युत व्यापारमा उठेका बिषयलाई पनि सम्बोधन गर्न तयार रहेको उनले बताए ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले १० बर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य पुरा गर्न आफुहरु तयार भएको भन्दै यसका लागि राज्यले उचित नीति बनाउनुपर्ने धारणा राखे । आन्तरिक खपतका साथै व्यापारका लागि पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले ऊर्जा उत्पादनमा योगदान पु¥याउनेलाई सम्मान गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट