प्रधानन्यायाधीशको पक्षमा अनशन बस्न खोज्ने एक समूह पक्राउ-Sutra News

प्रधानन्यायाधीशको पक्षमा अनशन बस्न खोज्ने एक समूह पक्राउ

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा अनसन बस्न खोज्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



न्यायालय खोल्नु पर्ने माग राख्दै अनसन बस्न लागेका तारा बराल लगायतको समूहलाई प्रहरीले काठमाडौंको भद्रकारीबाट नियन्त्रणमा लिएको हो ।

लामो समयदेखि सर्वोच्च बन्द भएका कारण आफुहरुले बिरोध जनाएको उनीहरुको भनाई छ । सर्वोच्च अदालतमा आन्दोलन गर्नेलाई अदालतको काम गर्न नपाउने गरि हटाउनुपर्ने र एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै उनीहरुले खुल्ला आमरण अनसन गर्ने तयारी गरेका थिए ।

यसअघि पनि उनीहरुले बारको आन्दोलनको बिरुद्धमा आवाज उठाउदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट