नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार-Sutra News

नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

नेपाल र कतार महिला क्रिकेट टोलीबीचको तीन टी-२० शृंखला आजबाट सुरु भएको छ । तीन मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघि सुरु भएको हो ।



नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले ब्याटिङ गरेको छ । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकपअन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी-२० शृंखला खेल्न लागेको हो । आईसिसीको छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानिय क्लबसँग तीन मैत्रीपूर्ण शृंखला खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट