थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु-Sutra News

थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

नेपालमा मंगलबार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको ६ हजार ५ सय ५ पिसिआर परिक्षणका क्रममा ३ सय ३९ जना र २ हजार ६ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ८ सय ४६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ७ सय १४ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ७ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट