अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन-Sutra News

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १४ जना प्रतिनिधि छनोट गरेको छ । कार्यदलले अछामको दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।



महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट छ जना छनोट गरिएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फबाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर ९ गोविन्द०, प्रकाश शाह, भरत अयडी, डिबी साउद, महिलातर्फ पशुपति कुँवर, दुधकला विष्ट प्रतिनिधिमा छनोट भएका छन् ।

दलित समावेशीतर्फ रामबहादुर आउजी र राधिका भुजेललाई छनोट गरिएको छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ खुलातर्फ यज्ञबहादुर बोगटी, बमबहादुर विसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भिम जनाला, सर्वसहमतिबाट प्रतिनिधि छनोट गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट