असुरक्षित सम्बन्ध राखेकै कारण यी नायकमाथि ११ करोडको जरिवाना-Sutra News

असुरक्षित सम्बन्ध राखेकै कारण यी नायकमाथि ११ करोडको जरिवाना

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

अमेरिकी अभिनेता अशरलाई असुरक्षित सेक्सका कारण १.१ मिलियन डलर अर्थात् ११ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको छ । उनीसँगको यौन सम्बन्धपश्चात् महिलालाई संक्रमण भएपछि उनले उक्त रकम तिर्नुपरेको हो ।



रेडार अनलाइनले अदालतका लिक भएको एक कागजात प्रकाशित गरेको छ जसमा अमेरिकी गायकलाई सन् २००९–१० मा छालासम्बन्धि समस्या भएको दाबी गरिएको छ ।

पहिचान जारी नगर्ने शर्तमा एक महिलाले अनुसन्धानपछि उनलाई यौनजन्य रोग भएको थाहा भएको बताइन् । ती महिलाले आफू निकै तनावमा भएको बताइन् ।

३८ वर्षीया अशरमाथि उनले महिलासँग असुरक्षित यौनसम्बन्ध स्थापित गरेको र जसका कारण महिलालाई पनि संक्रमण भएको आरोप लागेको छ  ।

मिडिया रिपोर्ट अनुसार अशरले हलिउड लाइफसँग जे भयो त्यसमा आफू निकै डराएको र लज्जित महसुस गरिरहेको बताए । यद्यपी, उनले सार्वजनिक रुपमा कुनै पनि बयान दिएका छैनन् ।

अशरको वास्तविक नाम अशर रेमण्ड क्ष्ख् हो । उनले ती महिलासँग सन् २०११ र सन् २०१२ मा डेट गरिरहेका थिए । रेडार अनलाइनले २ हजार ७ सय ५४ डलरको चेकको तस्बिर छापेको छ जुन उनले महिलालाई मेडिकल बिलको रुपमा दिएका थिए ।

अशर आफ्ना ओएमजी, डिजे गट यूएस, फलेन इन लभ र याहजस्ता सुपरहिट गीतका लागि चर्चित छन् ।

अशर आठ पटक ग्रामी अवार्डबाट सम्मानित भइसकेका छन् र उनी द भाइस यूएसका पूर्व कोच हुन् । जब जस्टिन बीबरले करियरको सुरुवात गरेका थिए उनलाई पनि अशरले मार्गदर्शन गरेका थिए ।

अशर एक सफल गायकका साथै सफल अभिनेता पनि हुन् । उनले द ह्यांगओभर, फास्ट एण्ड फ्यूरियश र मपेट्स मोस्ट वान्टेडमा अभिनय गरेका छन् ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार गुप्ताङ्गमा हर्पिज एक सामान्य रोग हो । विशेषगरी २० देखि २४ वर्षको उमेरमा यो हुने गर्दछ । बेलायतमा सन् २०१३ मा जेनिटल हार्पिजका कारण ३२ हजार २ सय ७९ मानिसहरु सेक्सुअल हेल्थ क्लिनिक गए ।

हार्पिज भाइरसका कारण हुने गर्दछ । धेरैजसो यो कुनै लक्षण बिना नै फैलिने गर्दछ । धेरैजसो यो रोग असुरक्षित यौनसम्बन्धका कारण हुने गर्दछ । बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट