कस्तो रहला आजको मौसम ?-Sutra News

कस्तो रहला आजको मौसम ?

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

जल तथा मौसम विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।



विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०१ गते (बुधबार)

दिउँसो:  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ।

राती:   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मंसिर ०२ गते (बिहिबार)

दिउँसो:  देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

राती:   देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

२०७८ मंसिर ०३ गते (शुक्रबार)

दिउँसो:   सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती:   सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउनु  हुन  अनुरोध छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट