जबराले आज तोके आफूबाहेकका सबैखाले इजलास : आठ संयुक्त, २ एकल-Sutra News

जबराले आज तोके आफूबाहेकका सबैखाले इजलास : आठ संयुक्त, २ एकल

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

सर्वोच्च अदातलमा आजका लागि ९ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् ।



सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले निरन्तर आन्दोलन गर्दै आइरहेको छ । आन्दोलनलाई बेवास्ता गर्दै जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको सुनुवाईका लागि इजलास तोकेका हुन् ।

सर्वोच्चका न्यायाधीशहरूले पनि जबराको राजीनामालाई बटमलाईन बताउँदै इजलास बहिष्कार गरेका छन् । बन्दी प्रत्यक्षीकरणको सुनुवाईका लागि इजलासमा बस्ने भनेपनि जबराले सबैखाले इजलास तोकेपछि न्यायाधीशहरू रुष्ट बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट