सर्वोच्च परिसरमा बारको आन्दोलन आज पनि यथावत, जबरालाई मूलगेटबाट प्रवेश गर्न नदिने रणनीति-Sutra News

सर्वोच्च परिसरमा बारको आन्दोलन आज पनि यथावत, जबरालाई मूलगेटबाट प्रवेश गर्न नदिने रणनीति

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले तेस्रो चरणको आन्दोलन शुरू गरेको छ ।



आन्दोलनका क्रममा बारले बुधवार पनि सर्वोच्च अदालतको गेटमा धर्ना र प्रदर्शनलाई निरन्तरता दिएको हो । मङ्सिर ३ गतेसम्म जबरालाई अदालत प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

आज पनि धर्नाका लागि कानून व्यवसायीहरू सर्वोच्च अदालतको परिसरमा जम्मा भएका छन् । बारले देशव्यापी रूपमा जबराविरुद्ध आन्दोलन चर्काएको हो ।

बारकै आन्दोलनलाई साथ दिँदै न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य इजलास बहिष्कार गर्दै आइरहेका छन् ।

तर जबराले भने बार र न्यायाधीशको अवज्ञा आन्दोलनलाई चुनौती दिँदै घरबाटै इजलास तोक्ने काम जारी राखेका छन् । आज उनले आफूबाहेकका ९ इजलास तोकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट