दिल्ली बन्यो विश्वकै धेरै प्रदुषित शहर, यी हुन् संसारका अन्य प्रदुषित शहरहरू-Sutra News

दिल्ली बन्यो विश्वकै धेरै प्रदुषित शहर, यी हुन् संसारका अन्य प्रदुषित शहरहरू

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

भारतको राजधानी नयाँ दिल्ली यतिबेला विश्वकै सबैभन्दा बढी प्रदुषणयुक्त शहर बनेको छ । प्रदुषणका बारेमा अपडेट दिने संस्था आइक्यु एयरका अनुसार दिल्लीको एयर क्वालिटी इन्डेक्स अहिले ५ सय ५६ छ ।



आइक्यु एयर स्वीजरल्याण्डस्थित एक क्लाइमेट ग्रुप हो जसले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रममा समेत सहभागिता जनाउने गर्छ ।

प्रत्येक वर्षको यही समयमा दिल्ली संसारको सबैभन्दा बढी प्रदुषित शहर हुने गर्छ । एयर क्वालिटी इन्डेक्स ५ सय भन्दा बढी हुनु निकै खतरनाक मानिन्छ । दिल्लीका बासिन्दा यतिबेला निकै खतरनाक स्थितिबाट गुज्रिरहेका छन् ।

विश्वभरि १० प्रदुषित शहरको नामभित्र भारतका ३ शहर पर्छन् । आइक्यु एयरका अनुसार विश्वका दश प्रदुषित शहर यी हुन् ।

  • दिल्ली, भारत (५५६)
  • लाहोर, पाकिस्तान (३५४)
  • सोफिया, बुल्गेरिया (१७८)
  • कलकत्ता, भारत (१७७)
  • जग्रेब, क्रोएसिया (१७३)
  • मुम्बई, भारत (१६९)
  • बेलग्रेड, सर्बिया (१६५)
  • छेंग्दु, चीन (१६५)
  • सकोज, उत्तर मेसेडोनिया (१६४)
  • कराको, पोल्याण्ड (१६०)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट