सर्वोच्च प्रकरणमा संवैधानिक पदाधिकारीहरूले विज्ञप्ति निकालेपछि रावल ओलीमाथि खनिए-Sutra News

सर्वोच्च प्रकरणमा संवैधानिक पदाधिकारीहरूले विज्ञप्ति निकालेपछि रावल ओलीमाथि खनिए

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सर्वोच्च प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीको नामै नलिई साँठगाँठ गरेको आरोप लगाएका छन् ।



मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले संवैधानिक आयोगका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका पक्षमा विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएको बताएका हुन् ।

उनले तत्कालीन सरकार, अदालत र नियुक्ति पाउनेहरूको साँठगाँठको पर्दाफाससमेत भएको आरोप लगाए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको भरमा संवैधानिक आयोगमा रिक्त रहेका नियुक्तिहरू पूरा गरेका थिए ।

नियुक्तिमा प्रधानन्यायाधीश जबराले पनि भाग लिएको चर्चा भएको थियो । उक्त नियुक्ति विरुद्ध अदालतमा रिट परेको भएपनि जबराले ९ महिनादेखि त्यसलाई पन्छाउँदै आइरहेका छन् ।

यही विषयलाई लिएर रावलले ट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘प्रधानन्यायाधीशका सामु इतिहासमै पहिलो पटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन् । यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साठगाँठ कै पर्दाफास भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट