आगामी २५ वर्ष भारतका लागि महत्त्वपूर्ण समय हो – मोदी-Sutra News

आगामी २५ वर्ष भारतका लागि महत्त्वपूर्ण समय हो – मोदी

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २५ वर्ष भारतका लागि सबैभन्दा महत्त्वपूर्ण समय रहेको बताएका छन् । मोदीले यसका लागि कर्तव्य, कर्तव्य र कर्तव्य को मन्त्रले नै भारतलाई सबैभन्दा माथि लैजाने एक ट्वीटमार्फत जनाएका हुन् ।



बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् । उनले आफ्नो विचारका रूपमा ‘वन नेशन वन लेजिस्लेटिव प्लेटफॉर्म’ रहेको बताएका छन् । जसलाई उनले भनेका छन्, ‘यो यस्तो पोर्टल हो, जसले हाम्रो संसदीय व्यवस्थालाई प्राविधिक उचाईमा मात्र पुर्याउने होइन, देशको सबै लोकतान्त्रिक एकाइलाई पनि जोड्ने काम गर्छ ।’

मोदीले गुणस्तर बहस गर्नका लागि अलग समय निर्धारित गरेर सोच्न सक्नुपर्ने बताए । उनले यस्तो बहसमा मर्यादा, गम्भीरताको पूरा पालनाको ख्याल गर्दै कसैप्रति राजनीतिक आरोप प्रत्यारोप नलगाउनसमेत आग्रह गरेका छन् ।

भारतमा यतिबेला मोदीको विरोध भइरहेको छ । हत्या हिँसा रोक्न नसकेको, रोजगारी दिन नसकेको जस्ता आरोपहरू विपक्षीले लगाइरहेका बेला मोदीले यस्तो ट्वीट गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट