नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट-Sutra News

नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

नेदरल्यान्ड्स फिफा विश्वकप २०२२ कतारको लागि छनोट भएको छ । गएराति भएको युरोपेली छनोटको खेलमा नर्वेलाई २-०ले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकप यात्रा पक्का गरेको हो ।



खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८४औँ मिनेटमा स्टिभन बर्गवाइनले गोल गर्दै डच टोलीलाई अग्रता दिलाए । त्यसपछि मेम्फिस डिपाएले थप एक गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए । योसँगै समूह जीको विजेता बन्दै नेदरल्यान्ड्स विश्वकपका लागि छनोट भएको छ ।

पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोटबा बाहिरियो । १० खेलमा २३अंकसहित नेदरल्यान्ड्स शिर्ष स्थानमा रहँदा २१अंकसहित टर्की दोस्रो स्थानमा रह्यो । त्यस्तै, १८ अंकसहित नर्वेले तेस्रो स्थानमा चित्त बुझायो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट