महात्मा गान्धी सत्ताको लालची थिए, उनले भारतलाई स्वतन्त्र गराएका होइनन् – कंगना रनावत-Sutra News

महात्मा गान्धी सत्ताको लालची थिए, उनले भारतलाई स्वतन्त्र गराएका होइनन् – कंगना रनावत

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

पटक पटक विवादमा आइरहने भारतीय अभिनेत्री कंगना रनावतले महात्मा गान्धीलाई लिएर फेरि नयाँ विवादको सिर्जना गरिदिएकी छन् ।



उनले महात्मा गान्धीलाई सत्ताको भोको र चलाख व्यक्ति भनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत गान्धीलाई सत्ताको भोको भन्दै टिप्पणी गरेकी हुन् ।

रनावतले आफ्नो इन्स्टाग्राममा लगातार तीन पोस्ट गर्दै लेखेकी छन् – ‘स्वतन्त्रताका लागि लड्नेहरूले आफ्नो आफ्नो सबै कुरा मालिकलाई सुम्पिएका थिए । उनीहरू सत्ताको भोको र चलाख व्यक्ति थिए । उनीहरूले नै एउटा गालामा थप्पड पाए अर्को गाला अघि सारेपछि स्वतन्त्रता आउँछ भन्ने गर्दथे । यसरी स्वतन्त्रता पाइदैन, भीख पाइन्छ । आफ्नो हिरो को हो समझदारीका साथ छनोट गर्नुपर्छ ।’

त्यसपछि अर्को पोस्टमा रनावतले भनेकी छन्, ‘गान्धीले भगत सिंहलाई फाँसी दिलाए । उनले कहिल्यै पनि नेताजी र भगतसिंहलाई समर्थन गरेनन् ।’

यसअघि भारत सन् २०१४ मा मात्र स्वतन्त्र भएको भनी उनले गरेको टिप्पणी विवादित बनेको थियो । पद्मश्री एवार्ड पाएकी उनले पछिल्लो समय विवादित राजनीतिक टिप्पणी गर्दै आइरहेकी छन् ।

महात्मा गान्धीमाथि गरेको टिप्पणीलाई लिएर उनलाई जेल हाल्नुपर्ने माग उठिरहेको छ । भारतीय सत्तारूढ दल बीजेपीको सहायोग रहेको मानिएकी रनावतको पक्षमा बीजेपी कार्यकर्ताहरू बोलिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट