प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप-Sutra News

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।



बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारकाे बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजकाे बैठकमा एमालेकाे सहभागिता हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट