अग्निपीडितलाई राहत लिएर मुगु उडे मुख्यमन्त्री-Sutra News

अग्निपीडितलाई राहत लिएर मुगु उडे मुख्यमन्त्री

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुगेका छन् ।



उनी आज नेपाली सेनाको हेलिकोप्टरमार्फत सोही ठाउँमा पुगेका हुन् । उनले पीडितको लागि खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ गएका हुन् ।

मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।

मङ्गलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट