प्रचण्डले गरे चोलेन्द्रलाई महाभियोग लगाउने संकेत-Sutra News

प्रचण्डले गरे चोलेन्द्रलाई महाभियोग लगाउने संकेत

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवाद छिटै समाधान नभए राजनीतिक निकास खोज्ने बताएका छन् ।



बुधवार जनकपुरस्थिति विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय सत्तारूढ गठबन्धनले अदालतमा देखिएको विवाद अदालतमै समाधान होस् भन्ने चाहेको बताए ।

‘यदि अदालतको समस्या त्यहीं समाधान हुँदैन भने हामीले राजनीतिक निकास खोज्छौं,’ प्रचण्डले भने ।

राजनीतिक निकास भनेर प्रचण्डले अप्रत्यक्ष रूपमा महाभियोगतिर संकेत गरेका हुन् ।

बार एसोसियसन र न्यायाधीशहरूले जबराको राजीनामा माग्दै आन्दोलन र इजलास बहिष्कार गरेको भएपनि जबरा टसको मस भएका छैनन् ।

जबराले एक विज्ञप्ति जारी गर्दै न्यायालयमा देखिएको समस्या समाधान गर्न वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए ।

तर जबराको विज्ञप्तिपछि परिस्थिति झन् बिग्रिएको छ ।

जबराले यत्तिकै ढिपी गरिरहे महाभियोगसम्म लगाउनुपर्ने सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ । अहिलेसम्म शीर्ष नेताहरूले यसबारेमा बोल्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट