उस्तै परे ‘केपी आउ देश बचाउ’ नारा लगाउँदै सबै जनता सडकमा आउन सक्छन्- टोपबहादुर रायमाझी-Sutra News

उस्तै परे ‘केपी आउ देश बचाउ’ नारा लगाउँदै सबै जनता सडकमा आउन सक्छन्- टोपबहादुर रायमाझी

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

काठमाडौँ ।  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले केपी ओली नै राष्ट्रको सबैथोक भएको बताएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै नेता रायमाझीले पार्टी मात्र नभएर अहिले देशका सबै जनाले ओलीलाई नै मानेको बताएका हुन् ।



प्राइम टिभीलाई अन्तर्वार्ता दिंदै उनले भने, ‘पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ। अहिले जनताले केपी बा भन्छन् । उस्तै पर्यो भने केपी आउ, देश बचाउ भन्ने बेर छैन् यहाँ ।’

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने विषयमा एमालेले कुनै पनि नसोंचेंको बताए । उनले भने, ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा एमालेले सोंचेको छैन ।’

त्यस्तै उनले परमादेशबाट बनेको सरकार अवैध सम्बन्धबाट बनेको बताएका छन् ।

त्यस्तै उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसंग मिल्न नसकेर भागेको आरोप लगाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट