यस्तो छ ट्रम्पले बेच्न लागेको १२० वर्ष पुरानो होटेल भवन-Sutra News

यस्तो छ ट्रम्पले बेच्न लागेको १२० वर्ष पुरानो होटेल भवन

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

गत महिना अमेरिकी संसदीय समितिले गरेको एउटा छानविनमा ट्रम्प राष्ट्रपति हुँदा सो होटेललाई ७ करोड डलर नोक्सानी भएको सार्वजनिक भएको थियो । राष्ट्रपतिको कम्पनीले सो होटेललाई सन् २०१६ मा सर्वसाधारणका लागि खुला गरेको थियो ।



२६३  कोठा भएको सो होटेललाई ट्रम्प संगठनले ६० वर्षअघि लिजमा लिएको थियो । सन् २०१९ पछि होटेल बिक्रीमा राखिएको थियो ।  १२० वर्ष पुरानो होटेल भवन अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसबाट केही माईल टाढा छ । एतिहासिक ओल्ड पोस्ट अफिस भवनलाई सन् २०१२ मा होटेलको रुपमा विकसित गर्न ट्रम्प अर्गनाइजेसनले स्वीकृति पाएको थियो ।

त्यसको चार वर्षपछि त्यसलाई होटेलको रुपमा खोलिएको थियो, जतिबेला ट्रम्पले राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको प्रस्ताव स्वीकारेका थिए ।  ट्रम्प राष्ट्रपति हुँदा सो होटेल रिपब्लिकन नेताहरूको भेटघाटको अखडा थियो ।

होटल विवादमा तानिएको थियो । होटेलका मालिकको राम्रो चरित्र नभएको भन्दै धार्मिक नेताहरुले मदिरा बिक्रीका लागि होटेलले पाएको इजाजत खारेज हुनुपर्ने माग गरेका थिए । कंग्रेसको संसदीय समितिले ट्रम्पले आफ्नो कार्यकालमा होटेल १५ करोड फाइदा कमाएको भन्दै बढाइँचढाइँ गरेको हालै निस्कर्ष निकालेको थियो । होटेलले ७ करोड नोक्सानी गरेको सो समितिले जनाएको थियो । बरु होटेलले विदेशी सरकारहरुबाट ३७ लाख प्राप्त गरेको कागजपत्रमा देखिएको थियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट