अहिले भारतलाई बेचेको बिजुली हामीले निकालेका हौँ – ओली-Sutra News

अहिले भारतलाई बेचेको बिजुली हामीले निकालेका हौँ – ओली

बुधबार, १ मंसिर २०७८

बुधबार, १ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले भारतलाई बेचेको बिजुली आफूले निकालेको दाबी गरेका छन् ।



बुधवार नेपालगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले आफ्ना पालामा निकालिएको बिजुली अहिलेको सरकारले भारतलाई बेचेको दाबी गरेका हुन् ।

‘अहिले भारतलाई बेचेको बिजुली हाम्रो पालामा निस्केको हो,’ ओलीले भने, ‘दश बीस बर्षमा हुन नसकेको विकास हामीले गरेका थियौं ।’

उनले आफ्नो सरकारका पालामा भएका विकासले प्रतिपक्षीहरू आत्तिएको टिप्पणी गरे । ‘हामीले विकास गरेपछि उनीहरू (हालका सत्तारूढ गठबन्धनका नेता) आत्तिए,’ ओलीले भने ।

उनले आफूहरू देश बनाउन संकल्प गरेर राजनीति गरेको दाबी गरे । ‘हामी देश बनाउने संकल्पका साथ राजनीति गर्छौं,’ ओलीले भने, ‘हामी विकासको राजनीति गर्छौं । हाम्रै पालामा नेपाल अन्तर्राष्ट्रिय मंचमा सुनिन थालेको थियो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट