काठमाडौँ । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई अदालतको गरिमा राख्न आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।
नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायालय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासंघ अडिग रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।