अरब सागरमा बनेकाे निम्न चापीय क्षेत्रकाे प्रभाव नेपालमा, यस्तो छ आजको मौसम-Sutra News

अरब सागरमा बनेकाे निम्न चापीय क्षेत्रकाे प्रभाव नेपालमा, यस्तो छ आजको मौसम

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाे छ । जसकारण बिहीबार बिहानै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली छ ।



दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट