असन्तुष्ट न्यायाधीशहरूले गरे ‘समानान्तर फूलकोर्ट’ बोलाउने तयारी, जबरालाई उपस्थित नगराइने-Sutra News

असन्तुष्ट न्यायाधीशहरूले गरे ‘समानान्तर फूलकोर्ट’ बोलाउने तयारी, जबरालाई उपस्थित नगराइने

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको उपस्थितिबिनै सर्वोच्च अदालतमा अन्य न्यायाधीशहरूले फूलकोर्ट राख्ने तयारी गरेका छन् । जबराले न्यायालयमा बेथिति निम्त्याएको भन्दै १९ न्यायाधीशहरूले जबराको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरणबाहेक अन्य इजलास बहिष्कार गरिरहेका छन् ।



सामान्यतयाः फूलकोर्ट प्रधानन्यायाधीशकै नेतृत्वमा बस्ने गर्छ । तर जबराले संवैधानिक निकाय र सत्ता गठबन्धनमा भाग खोजेको आरोप लगाउँदै न्यायाधीशहरूले जबरालाई नै बहिष्कार गर्ने तयारी गरेका हुन् । जबरासँग असन्तुष्ट न्यायाधीशहरू आजै फूलकोर्ट बस्ने तयारी गरेका छन् ।

आज बस्ने फूलकोर्टले सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी निर्देशिकाको मस्यौदा पारित गर्ने तयारी गरेको छ ।

जबरासँग असन्तुष्ट एक न्यायाधीश भन्छन् – ‘फूलकोर्टमा हामी सबै न्यायाधीश बसेर नियमावली संशोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीशज्यू सहमत हुनुभयो भने उहाँ आउनुहुन्छ, अन्यथा उहाँलाई हस्ताक्षर गर्ने ठाउँ बाँकी राखेर पठाइदिन्छौं ।’ उनले फूलकोर्ट आज (बिहीवार) नभए शुक्रवारसम्म बस्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट