४६ वर्षको उमेरमा प्रीती जिन्टा बनिन् जुम्ल्याहा सन्तानकी आमा-Sutra News

४६ वर्षको उमेरमा प्रीती जिन्टा बनिन् जुम्ल्याहा सन्तानकी आमा

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

४६ वर्षको उमेरमा भारतीय अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा सन्तानको आमा बनेकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू जुम्ल्याहा सन्तानको आमा बनेको बताएकी हुन् ।



उनले छोरा र छोरी पाएकी हुन् । छोराको नाम जय जिन्टा राखेकी छन् भने छोरीको नाम जिया जिन्टा रहेको उनले बताएकी हुन् ।

‘हामी आफ्नो जिन्दगीको नयाँ चरणलाई लिएर उत्साहित छौं,’ उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘हाम्रो अविष्मरणीय यात्राको हिस्सा बनेकोमा सबै डाक्टर नर्स र सरोगेटलाई धन्यवाद दिन चाहन्छौं ।’

उनले जुम्ल्याहा बच्चा सरोगेसीमार्फत जन्माएकी हुन् । सरोगेसी भनेको अर्कैको कोख भाडामा लिएर बच्चा जन्माउने प्रक्रिया हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट