मङ्सिर ११ गते चितवनमा ओलीको ‘डिनर पार्टी’-Sutra News

मङ्सिर ११ गते चितवनमा ओलीको ‘डिनर पार्टी’

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिहरूलाई डिनर पार्टी दिने भएका छन् ।



यही मङ्सिर १० देखि १२ गरेसम्म चितवनमा हुने दशौँ महाधिवेशनमा उपस्थित हुने महाधिवेशन प्रतिनिधिलाई ओलीले डिनर पार्टी दिने पार्टीका नेता सुरेन्द्र पाण्डेले एक अन्तर्वार्तामा बताएका हुन् ।

‘११ गते साँझको खाना सबै प्रतिनिधिलाई अध्यक्ष ओलीको तर्फबाट दिइने छ,’ पाण्डेले भनेका छन् ।

एमाले महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा देशैभरिबाट करीब २ हजारको सहभागिता हुने जनाइएको छ । सबै प्रतिनिधिलाई बस्नका लागि होटेल बूक भइसकेको पाण्डेको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट