सर्वोच्च ‘फुलकोर्ट’ बैठक सुरु-Sutra News

सर्वोच्च ‘फुलकोर्ट’ बैठक सुरु

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८
cholendra 1234

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो ।



अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट