काँग्रेस अधिवेशन- रसुवामा कागपत्र चोरी, सर्लाहीमा निर्वाचन अधिकृत कुटिए-Sutra News

काँग्रेस अधिवेशन- रसुवामा कागपत्र चोरी, सर्लाहीमा निर्वाचन अधिकृत कुटिए

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा तहको अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो ।



आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिएका छन् । मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । क्रियाशील सदस्यताको विषयमा बलरामा वडा अधिवेशन रोक्न माग गरेको र निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो ।

सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस विभक्त छ ।

त्यस्तै १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरेर लगेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट